कपिलवस्तु विजयनगरमा ४ वटा वडाको मत गणना गर्दा लगातार एमाले विजय!

 

कपिलवस्तुको विजयनगर गाउँपालिकाको ४ वटा वडाको मत गणना गर्दा लगातार एमाले विजयी भएको छ । वडा नं १ मा एमालेका उमेद्धार इन्नर थारु, २ मा नेपाल चौधरी, ६ माप्रेम कलवार र ७ मा दिनेश कुमार चौधरी सहितको प्यानल विजयी भएका छन । वडा नं १,२,,६ र ७ को मतगणना सम्पन्न भएको छ भने वडा नं ३ को मत गणना जारी रहेको छ । यस्तै ४ र ५ वडाको मत गणना कार्य बाकी रहेको छ ।

कपिलवस्तु विजयनगर गाउँपालिका को अपडेट

#अध्यक्ष गोपाल थापा (एमाले – सुर्य)= ३४२२

जानकी प्रसाद यादव(जसपा – छाता)=२९९८

थापा ४२४ मतले अग्रता कायम ।।

#उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी (एमाले-सुर्य)=२९८२

‌गुन्जेश्वरी चौधरी (जसपा-छाता)=२७३७

चौधरीको २४५ मतले अग्रता कायम ।

प्रतिक्रिया