चट्याङ लागेर ३४ जनाको मृत्यु !

 

पटना : भारतको बिहार राज्यमा आएको हावाहुरीमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हावाहुरीले बालीनाली र रुखमा समेत ठूलो क्षति पुर्याएको छ ।यसैगरी मौसम विभागले आगामी ४८ घण्टामा अझै पानी पर्ने र चट्याङसहित पानी पर्ने पूर्वानुमान गरेको छ ।विहारका मुख्यमन्त्री नितिश कुमारले मृतकका परिवारलाई चार लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् । । मुख्यमन्त्रीले बाली तथा घरमा भएको क्षतिको आँकलन गर्न अधिकारीहरूलाई निर्देशन दिएको बताउनु भयो, त्यसपछि पीडित परिवारलाई पनि राहत उपलब्ध गराइने प्रतिवेदनअनुसार बाढी र वर्षाका कारण करिब ७ लाख १२ हजार मानिस प्रभावित भएका छन् । बाढीले ढल निकास प्रणाली पनि अवरुद्ध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार