
कृष्ण गिरी नवलपरासी
नवलपरासीको सरावल गाउँपालिका वडा न. २ मनरी र पाणाटिकर जोड्ने गरि झोलुङ्गे पुलको सिलन्यास गरिएको छ।
हिजो शुक्रवार एक कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले पुलको सिलन्यास गरेका हुन।भुमी पुजामा पुलको सिलन्यास गरेको पालिका अध्यक्ष चौधरीले पुलको निर्माणले यस क्षेत्रको विकासमा
कायापलट गर्ने विश्रास व्यक्त गरे चौधरीले भने यो पुलको निर्माणसगै सरावल गाउँपालिकाका र रामग्राम नगरपालिका र सुनवल जोड्ने विकास सुरुवात भएको छ।
सरावल गाउँपालिका र रामग्राम नगरपालिका र सुनवल नगरपालिका जोडने भएकोले आवतजावतमा सहज हुने बताउनुभयो ।
उनले भने यी पुलको किसान तथा स्थानियबासीलाई विकासका काम आवस्यकता र महत्त्वका आधारमा सन्चाल्न हुनु पर्छ। यस्ता काम गर्दा धेरैभन्दा धेरै नागरिकले सेवा सुबिधा पाउनेगरी प्राथमिकतामा राखेर गर्नुपर्ने बताए ।
मनरी घोलामा पुल न हुँदा किसानलाई दु:ख रहेकोमा यो पुल सहजता ल्याउने अपेक्षा गरिएको छ।
स्थानीयले वर्षोदेखी माग गर्दै आएको झोलुङ्गे पुल हाल १ करोड ५० लाख को लागतमा बन्न लागेको हो।
एक कार्यक्रममा पालिका अध्यक्ष सुखाडी चौधरी उपाध्यक्ष वासमती हरिजन वडा न. २ का कार्यवाहक वडा अध्यक्ष तुफानी गुप्ता ,बासा प्रहरी चौकीका इन्चार्ज यादव ,न्यौपाने समाजसेवी भेष नारायण चौधरी लगायतको सहभागी रहेको रहेको थियो ।
प्रतिक्रिया