टेम्पो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

सुनसरीको धरान उपमहानगरपालिका ६ सुतार चोकमा गएराति टेम्पो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।

 

घाइते हुनेमा मोटरसाइकल चालक धरान उपमहानगरपालिका १५ का ५३ वर्षीय देवान सिंह राई रहेका प्रहरीले जनाएको छ ।

 

हाल उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । टेम्पो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार