
राजनिति
नयाँ सरकारको नेतृत्व लिन दलहरू छलफलमा, माओवादीको निर्णय सकारात्मकः एमाले
सिआईएन१८, मंसिर २०७९
5Shares
काठमाण्डौ । नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका दलहरूले दुई पक्षीय तथा बहुपक्षीय छलफललाई तीव्र पारेका छन् । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच औपचारिक भेटघाट चलिरहेको छ भने एमालेका नेताहरूले आफ्नो पार्टी पनि सरकारमा रहेका र नरहेका दलसँग नियमित सम्पर्कमा रहेको बताएका छन् ।
अहिलेको गठबन्धनलाई नै निरन्तरता दिने बालुवाटारमा केही दिनअघि भएको निर्णयमा सामेल नेकपा माओवादी केन्द्रलेसरकार गठनका लागि नेकपा एमालेसँगको सहकार्यको विकल्प खुला राख्ने निर्णय हिजो गरेको छ । यसको अर्थ अहिलेको सत्ता गठबन्धन छोडेको रूपमा नबुझ्न नेता कृष्णबहादुर महराले पत्रकारहरूसँग भन्नुभएको छ ।
सरकार गठनको लागि १ सय ३८ सिट आवश्यक पर्छ । तर कुनै पनि दलसँग बहुमत नरहेको अवस्थामा मिलिजुली सरकार बनाउनुपर्ने हुन्छ । यस्तोमा काँग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन वा नेपाली काँग्रेसले जसपा तथा अन्य दलसँग मिल्ने वा माओवादी केन्द्रसँग मिलेर एमालेले सरकार बनाउने सम्भावना पनि उत्तिकै छ । समानुपातिक तर्फबाट एमालेको केही सिट बढी आउने देखिँदा प्रत्यक्षमा काँग्रेसको सिट धेरै छ ।
सीआईएनसँग कुराकानी गर्दै एमाले उपमहासचिब प्रदिप ज्ञवालीले माओवादीको निर्णय सकारात्मक भए पनि गम्भीर समीक्षा गरेर मात्रै आफूहरूले निर्णय लिने बताउनुभयो ।
माओवादी केन्द्रले अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिने हो भने आफूले प्रधानमन्त्री पाउनुपर्ने नेताहरूले बताउन थालेका छन् । नेतृत्वका कारणले सत्ता गठबन्धन टुट्न सक्ने विश्लेषक जैनेन्द्रजीवनले सीआईएनसँग बताउनुभयो ।
प्रतिक्रिया