सपना छेत्री ,
कर्णालीबाट राजनैतिक यात्रा शुरु गर्नुभएको विश्वकर्माले समाजवादी पार्टी बाट सामानुपातिक उमेद्वार बन्दै आउनु भएको छ । कर्णाली बाट राजनैतिक गर्दै आउनुभएको विश्वकर्माले कर्णाली बासिन्दाहरुको आवाज बुलन्द गर्दै र जातियता बिभेद को अन्त्य गरी आर्थिक समानता समृद्धि को लागि सधैं लागि परेको बताउनुभयो उहाँले सुकुम्बासी बस्ती हरु लाई पनि बसोबास को व्यवस्था मिलाउने बताउनुभयो यदि आफु सांसद भन्ने कुरा पनि दाबी गर्नु भएको छ।
यदि सांसदमा गएर बिभेदमा परेको दलित समुदायको सवाललाई सम्बोधन गर्दै पिछडिएका वर्ग को हक हित मा आवज उठाउने अठोट गर्नुभएको छ धेरै पहिले देखि नै कर्णाली बासिन्दाहरु को आवाज बुलन्द गर्दै साथै कर्णाली का जनता संग आफुलाई समधुर समन्वय रहेको बताउनुभयो।
उहाँले समाजवादको यात्रालाई तय गर्दै देश र जनताको हितमा काम गर्ने बताउनु भयो। उहाँले पछाडि परेका दलितसमुदायको सवाललाई सम्बोधन गर्न कुरा लाई जोड दिनुभएको छ दलित सुकुम्बासी गरिब मा परेको दलित समुदायको सवाललाई सम्बोधन गर्ने सधैँ तत्पर रहेको प्रष्ट पार्नुभयो।
१. दलित विधेयक प्रदेशसभावाट पास गर्ने ।
२. प्रदेश दलित छात्रावास भवनकाे निर्माण कार्य सम्पन्न गर्ने ।
३. जातीय विभेद तथा दलितले मृत्युवर्ण गर्नु पर्ने अवस्थाकाे अन्त्य गर्ने ।
४. कर्णाली रैथाने शिल्पकला संस्कृति विश्वविद्यालय स्थापना गर्ने ।
५. दलित तथा सीमान्तकृत समुदायकाे अावाज प्रदेशसभामा बुलन्द गर्ने ।
६. शिक्षा, स्वास्थ्य, राेजगारीकाे व्यवस्था गर्ने ।
७. समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयन तथा सुशासन, पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्ने ।
८. दलित विद्यार्थीका लागि उच्च शिक्षा तथा प्राविधिक उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति व्यवस्था गर्ने ।
९. भुमिहिन, अावासविहीन दलितहरूकाे लागि जमिन र अावासकाे व्यवस्था गर्ने ।
१०. परम्परागत पेशा, ज्ञान, सीप र प्रविधिकाे संरक्षण र विकास गर्ने ।
११. घरेलु तथा कृषि अाैजार, छाला र गार्मेन्टकाे कारखाना खाेल्ने ।
१२. कर्णाली युवा परिषद गठन गर्ने ।
१३. सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा याेगदान पुर्याउनेलाई सम्मान तथा अभिलेखीकरण गर्ने ।
१४. समावेशी गणतान्त्रिक संविधानकाे रक्षा गर्ने ।
१५.समाजमा विद्यमान बर्गीय, जातीय, लैंगिक , भाषिक, धार्मिक, सांस्कृतिक लगायत सवैखाले विभेदकाे अन्त्यका लागि अभियान संचालन गर्ने ।
१६. शिक्षालाई राेजगारीसंग जाेड्ने, विज्ञान, सुचना सञ्चार तथा प्रविधिकाे विकास गरि दक्ष जनशक्ति उत्पादन गर्ने ।
प्रतिक्रिया