रामनारायण ठाकुर
मिर्चैया, । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका ५० वर्षीय रामपुकार यादवले करिब विगत तिन वर्षदेखि गँड्यौला मल उत्पादन गरिरहेका छन । किसानहरु रसायनिक मलमा निर्भर भएको बेला रामपुकारले उत्पादन गरेको गँड्यौला मलमाथि गाउँका किसानलाई विश्वास बढ्न थालेकाे छ ।
रामपुकारकाे मिहिनेतले गर्दा त्यस भेगमा अहिले गँड्यौला मलप्रति किसानको आकर्षण बढ्न थालेको छ। एउटा खाडल(पिट)बाट सुरु गरेको रामपुकारले अहिले साैरभ गँडयाैला प्राङ्गारिक मल उधाेग नै दर्ता गराएका छन । करिब
तीन वर्षअघि धनुषाको विरेन्द्रबजारमा यूएनडिपीको आर्थिक सहयोगमा जनकपुरधामस्थित एक गैर सरकारी संस्था सामुदायिक सुधार केन्द्र (सिआइसी)ले गँड्यौला मल बनाउने तरिका र विधिसम्बन्धी तालिमको आयोजना गरेको थियो। त्यसै तालिमबाट आफूले गँड्यौला मल बनाउने तरिकाबारे सिकेको रामपुकार बताउँछन्। उनका अनुसार तालिमका आयोजक संस्थाले मल उत्पादन गर्न प्रत्येक सहभागीलाई सात किलोको दरले गँड्यौला निःशुल्करुपमा उपलब्ध गराएको थियो।
शनिबार रामपुकारलाई यूएनडिपीको आर्थिक सहयोगमा जनकपुरधामस्थित रहेको एक गैर सरकारी संस्था सामुदायिक सुधार केन्द्र (सिआइसी)द्वारा उधाेग दर्ताकाे प्रमाणपत्र ,पान नं. काे प्रमाणपत्र , ५० के.जी मल प्याकिङ गर्ने बाेरा लगभग १४-१५ सय पिस, बाेरा सिउने मेशिन १ पिस र हाेडीङ्ग बाेर्ड हस्तान्तरण गरिएको छ ।
उक्त सामाग्री हस्तान्तरणमा सामुदायिक सुधार केन्द्र (सिआइसी)का अध्यक्ष संजय प्रसाद साह, धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर जित नारायण यादव, गणेशमान चारनाथ नगरपालिका वडा नं.९ का वडा अध्यक्ष नन्दकिशोर यादव ,सामुदायिक सुधार केन्द्र (सिआइसी)जनकपुरका बिरेन्द्र कुमार लाल,निलम यादव , मुकेश यादव लगाईत गाउँका किसानहरू उपस्थित भएको थियो ।
गाउँघरमा गाई भैंसीको गोबर तथा पातपतिङ्गर प्रशस्त पाउने र मल बनाउन सजिलो हुने हुँदा गँड्यौला मल रासायनिक मल जत्तिको नै फाइदा दिने र यसको प्रयोगले माटोलाई केही पनि नोक्सान नगरी माटोको उर्वराशक्ति बढाउने भएकोलेउत्पादनमा जोड दिएकाे छ स्थानीय किसानहरूले बताए।
प्रतिक्रिया