नुवाकोटबाट बन्दुकसहित वृद्ध पक्राउ

अवैध रूपमा राखिएको बन्दुकसहित एक वृद्धलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ ।

 

शिवपुरी गाउँपालिका–३ नयाँगाउँ घर भएका स्थानीय ६० वर्षीय हर्कबहादुर तामाङलाई दुई थान भरूवा बन्दुक र त्यसमा प्रयोग गरिने करिव एक किलोग्राम बारूदसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

 

उनलाई विदुरस्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार