इरानी सरकारी सञ्चारमाध्यद्वारा नैतिकता प्रहरी खारेज गरिएको रिपोर्ट अस्विकार

महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्ताजेरीले इरानको नैतिकता प्रहरी इकाइ खारेजी हुन लागेको अभिव्यक्ति दिएपछि इरानको सरकारी सञ्चारमाध्यमले उक्त भनाइको विरोध गर्दै न्यायपालिकाले नभएर गृह मन्त्रालयले प्रहरी इकाइ निरीक्षण गरेको बताएको छ । नैतिकता प्रहरी इकाइ बन्द भए÷नभएको विषयमा गृह मन्त्रालयले केही  पुष्टि गरेको छैन ।

 

यसअघि महान्यायाधिवक्ता मोहम्मद जाफले खारेज भएको बताएका थिए । हिजावसम्बन्धी नियम उल्लंघन गरेको भन्दै नैतिकतासम्बन्धी प्रहरीले सेप्टेम्बरको मध्यतिर महसा अमिनि नाम गरेकी युवती पक्राउ गरेको थियो । पछि उनको हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युको विरोधमा भएका प्रदर्शनमा मात्र ३०० जनाभन्दा बढीको मृत्यु भएको छ । प्रहरीले हजारौँलाई पक्राउ गरेको छ । पक्राउ परेका सयौँविरुद्ध सरकारले मुद्दा लगाएको छ । एजेन्सी

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार