प्रत्यक्षतर्फ १ सय ६५ क्षेत्रकै नतिजा घोषणाः कहाँबाट कसले जिते ? {मत परिणामसहित}

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा आइसकेको छ । सोमबार दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी भएसँगै प्रत्यक्षतर्फको मतगणना सकिएको हो।

 

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। १६५ मध्ये कांग्रेसले ५७ क्षेत्रमा जित हात पारेको छ । साथै दोस्रो स्थानमा रहेको को नेकपा (एमाले)ले ४४ सिट जितेको छ भने तेस्रो ठूलो शक्तिको रूपमा माओवादी केन्द्रले १८ सिट जितेको छ।

 

चौथो स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले १० सिट जितेको छ भने त्यसपछि जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७/७ सिट जितेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार