कतार विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति भएका दुई खेल सकिएसँगै कवाटरफाइनल समीकरण पूरा भएको हो।

 

मंगलबार राति भएको खेलबाट स्वीट्जरल्यान्डमाथि जित निकाल्दै पोर्चुगल र स्पेनविरुद्ध विजयी हुँदै मोरक्को अन्तिम आठमा पुगेका हुन्। यी दुई खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो। अन्तिम आठमा पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ।

 

कतार विश्वकप फुटबलमा यसअघि नै फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इङ्ल्यान्ड, नेदरल्यान्ड्स अन्तिम आठमा प्रवेश गरिसकेका छन्।अब पहिलो क्वाटरफाइनल खेल शुक्रबार ब्राजिल र क्रोएसियाबीच हुनेछ। दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सको प्रतिस्पर्धा हुनेछ।

 

तेस्रो र चौंथो क्वाटरफाइनलको खेल शनिबार हुनेछ। शनिबारको पहिलो खेलमा फ्रान्स र इङ्ल्यान्ड तथा अन्तिम खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार