
नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
चुनावको अन्तिम नतिजा आइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउन बैठक बस्न लागेको जनाइएको छ । त्यस्तै आजको बैठकले चुनावी नजिताको समीक्षा गर्दै बैठकले सचिवालय बैठकका एजेण्डा तय गर्ने छ ।
एमालेले समानुपातिक तर्फ लोकप्रिय सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ ।
प्रतिक्रिया