सुर्खेतमा आफ्नै श्रीमतीको घाँटी काटेर भागिरहेको अवस्थामा प्रहरीले श्रीमानलाई प्रक्राउ गरेको छ । जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्मा बस्ने ३८ वर्षिय अम्मर आले मगरले मंगलवार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी काटि टाउँको प्लाष्टिकको थैलोमा राखेर भागिरहेका अवस्थामा प्रहरीले पक्राउ गरिएको हो । उनलाई ईलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वाथ्य चौकी पछाडिवाट प्रक्राउ गरेको हो ।
उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय बावियाचौरबाट १३ जनाको प्रहरी टोली खटिएको छ । उनको घरमा छोरा छोरी र आमा रहेको बताइएको छ । घटनाको कारण भने खुल्न बाकी रहेको र आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बावियाचौरले जनाएकाे छ ।
प्रतिक्रिया