तारा एयरको जहाजमा चरा ठोक्कियो, मानवीय क्षति हुनबाट बच्यो

नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ ।

 

हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ।

 

यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार