सुनसरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते

सुनसरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् ।

 

दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि विराटनगरस्थित लाइफ गार्ड अस्पताल पठाइएको सुनसरी प्रहरीले जनाएको छ । घाइतेमध्ये सुनसरीकै बर्जु गाउँपालिका – ५ का ३५ वर्षीय सिताराम पण्डितको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

 

बुधबार दिउँसो को ९ प ६१ ६३ नम्बरको मोटरसाइकल र को १२ प १५ ५९ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार