
नेपालमा थप ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १६ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् ।
यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ८३० पुगेको छ । नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या ७२ रहेको छ ।
प्रतिक्रिया