
गुजरात विधानसभा निर्वाचनको मतगणना जारी छ ।
त्यहाँ आम आदमी पार्टी (आप)ले धेरै सीट नजिते पनि एउटा ठूलो उपलब्धि हासिल गरेको छ ।
पार्टीले त्यहाँ १३.०१ प्रतिशत भोट प्राप्त गरेको छ । त्यससँगै आपले राष्ट्रिय पार्टीको दर्जा पाएको छ । दिल्लीस्थित आप कार्यालयमा ठूलो उत्सव मनाउने तयारी गरिएको छ ।
गुजरातको पछिल्लो मतपरिणाममा आपले ६ सीटमा अग्रता कायम गरेको छ । एजेन्सी
प्रतिक्रिया