आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल स्कटल्यान्डविरुद्व सस्तैमा समेटिएको छ ।
युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ३५.३ ओभरमा अलआउट हुँदै ११९ रन बनाएको हो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाए । साथै सोम्पाल कामी १६ रन, दीपेनद्रसिंह ऐरीले १४ रन तथा ललित राजवंशीले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
बलिङतर्फ स्कटल्याण्डका मार्क वाट,ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २/२ विकेट लिए ।
प्रतिक्रिया