काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उडान भर्न लागेको विमानको टायर पन्चर हुँदा उडान रद्द भएको छ ।
विमानमा १ सय ७३ जना रहेको जनाइएको छ । यीमध्ये १६४ जना यात्रु र ९ जना चालक दलका सदस्य रहेका थिए । साँझ साढे ४ बजे उडान भर्नका लागि रन वेमा दौडिँदा विमानको टायर पन्चर भएको हो
टायर पन्चर भएपछि विमानलाई रनवेबाट हटाइएको छ । अब यो विमानको उडान शनिबार हुने बताइएको छ ।
प्रतिक्रिया