एमालेको सचिवालय बैठक ११ बजे च्यासलमा बस्दै

 

नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ ।

 

प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार शुक्रवार स्थगित भएको बैठक पुनः आज बस्ने गरी निर्णय भएको जानकारी दिएका छन ।

 

प्रतिनिधि सभा तर्फ समानुपातिक सदस्यको नामावली टुङ्गो लगाउने र पार्टीले जनमतलाई प्रतिपक्षकै रूपमा रहेर अघि बढ्ने की सरकारमा सामेल हुने जस्ता विषयमा बैठकमा छलफल हुने रिजालले जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार