
फिल्म ‘घामड शेरे’ को ‘साली मन पर्यो’ गीतले नेपाली गीत संगीतमा नयाँ कीर्तिमान कायम गरेको छ। १० करोड पटक हेरिएको छ।
१० करोड पटक हेरिने सम्भवतः यो पहिलो नेपाली गीत हो। यो गीत रहेको युट्युब प्लेटफर्म ओएसआर डिजिटलमा राखिएको छ।
सार्वजनिक भएको केही समयमै करोड भ्युज पाएको गीतले त्यसयताका दिनमा पनि निरन्तर दर्शक पाइरहेको छ। फिल्म हिट नभए पनि यो गीत भने पार्टी तथा उत्सवमा सदाबहार रूपमा बज्ने गरेको छ।
हेमराज बिसी निर्देशित यो फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काले नृत्य गरेका छन्। तीन वर्ष अघि सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर रहेको छ। गीतमा शब्द रचना र संगीत कालीकै रहेको छ।
प्रतिक्रिया