नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।कीर्तिपुरस्थित टियु मैदानमा हुने प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।पहिलो दिनको खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछन् ।

 

खेल हुने समय बिहान ९ ः १५ र दिउँसो १ ः १५ निर्धारण गरिएको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

 

 

 

प्रतिक्रिया