सामानुपातिक सांसदमा अब्दुल खान सहित ५ जनाको नाम जनमतले गर्यो सिफारिस

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक उम्मेदवार चयन गरेको छ । पहिलो पटक चुनावमा सहभागी भएको जनमतले बिहीबार ५ समानुपातिक सांसदको टुंगो लगाएको हो ।प्रतिनिधिसभामा ३ लाख ९४ हजार ६ सय ५५ मत पाएको जनमत पार्टीलाई आयोगले ५ सिट दिएको छ । बिहीबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकको नाम टुंगो लगाएको अध्यक्ष चन्द्रकान्त राउतले जानकारी दिए ।

 

उनका अनुसार क्लस्टर अनुसार नाम छानिएको छ । जसमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटा छन् । निर्वाचन आयोगले समानुपातिक नाम पठाउन बुधबार पत्राचार गरेको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार