धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

 

मिथिला नगरपालिका-९ मा आइतबार भएको दुर्घटनामा सप्तरीको जोगिनियाका ४५ वर्षीय राधेश्याम रजक साफीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका साफीको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार