नेपाल किसान महासंघ पर्साले आज धानको समर्थन मूल्य कार्यान्वयनको लागि खाद्य संस्थान वीरगञ्जमा धर्ना दिएको छ ।
र्यालीसहित नगर परिक्रमा गर्दै किसानहरूले धानको समर्थन मूल्य कायम तथा मल उपलब्ध गराउनुपर्ने माग गर्दै धर्ना दिएका हुन् । असर्फी साह तेलीको नेतृत्वमा खाद्य संस्थान पुगेका किसानहरूले राज्यले किसानप्रति गरेको भेदभाव तत्काल समाधान नगरे केही समयभित्र पर्साभरिका किसानहरूलाई उतारेर कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् ।
अर्का किसान नेता सहरुम राउत गद्दीले सरकारले किसानहरूले उत्पादन गरेको धानको मूल्य नतोक्नु किसानमाथिको खेलबाड भएको आरोप लगाउनुभयो ।
उहाँले भारतबाट किसानहरूले नक्कली मल चर्को मूल्यमा खरिद गरी गहुँको बाली लगाउनुपर्ने अवस्था भएकोले तत्काल समस्याको समाधान हुनुपर्ने माग गर्नुभयो । स्थानीय सरकारले पनि किसानहरूको लागि केही नगरेको आरोप किसान नेताहरूले लगाएका छन् ।
प्रतिक्रिया