एमाले र माओवादीका कार्यकर्ताबीच झडप : ९ जना घाइते, ४ जनाको हेलिकोप्टरबाट उद्धार

डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा भएको झडपमा नाै जना घाइते भएका छन् ।

 

गाउँपालिकाकाे वडा नम्बर ३ मा पर्ने थापा गाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बिच झडप हुँदा दुबै पक्षका गरेर नाै जना घाइते भएकाहुन् ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति नाै बजे झडप भएकाे र झडपमा परी एमालेका चार र माओवादी केन्द्रका पाँचजना घाइते भएका छन् । घटना हिजाेकाे भएपनि साेमबार बिहानमात्रै जानकारी आएको कार्यालयले जनाएको छ ।

 

घाइते हुनेमा जगदुल्ला-३ का एमाले समर्थक जालपा बाेहाेरा,भद्र बाेहाेरा, कृष्णजंग बाेहाेरा, शान्ता बाेहाेरा र माओवादी समर्थक साेही वडाकै बिर्ख बाेहाेरा, लक्ष्मण बाेहाेरा,गाेरसिँह बाेहाेरा,पबिन्द्र बाेहाेरा र जगत बाेहाेरा रहेका जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले जानकारी दिनभयो।

 

माधक पदार्थ सेवन गरेर झडप भएकाे र एमाले समर्थक चारजनालाई हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौँ ल्याइएको उहाँले बताउनुभयो।

 

त्यसैगरी सामान्य घाइते भएका ५ जना स्थानीय स्वास्थ्य चाैकीमा उपचार गरेर घर फर्किएका छन। उपचारका लागि काठमाडौँ  ल्याइएका चारजनाकाे स्वास्थ्य अवस्था खतरामुक्त रहेकाे बताइएको छ ।

 

सामान्य कुरामा बिबाद पछि दोहोरो झडप हुँदा हात हालाहाल भएको र एक पक्षले अर्को पक्षलाई ढुङगा प्रहार गरी घाइते बनाएको पिडितले जनाएका छन् । घाइते अधिकांशकाे टाउकोमा चोट लागेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार