राजपुर नगरपालिका अन्तर्गत नगर प्रमुख, आलमले१५ शैयौ अस्पताल भवन उद्घाटन।

 

रौतहट, २६ मङ्सिर। इसत्याक अहमद

रौतहटको निर्वाचन क्षेत्र २ का नगर प्रमुख डा. रजिक आलमले चुनाव अगाडि नै ५ वटा प्रमुख योजनालाई पूरा गर्ने वाचा अनुरुप राजपुर नगरपालिका तीनवटा कामलाई अगाडि बढाइसकेका छन्। आज राजपुर नगरपालिका वडा नं. ३ मा १५ शैया अस्पतालको शिलान्यास गर्दै नगर प्रमुख डा. आलम बाँकी रहेका योजनाहरूलाई समयावधि भित्र नै पूरा गर्ने वाचा दोहोर्‍याउनु भएको हो ।युवाहरूको बिच लोकप्रिय बनेका मेयर डा. आलमले शिक्षा, स्वास्थ्य र कृषि पनि आफ्नो प्रमुख मुद्दा भएकोले चाडै नै त्यस क्षेत्रमा अमूल्य परिवर्तन हुने बताएकाछन् । राजपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष, शेख अनसारुल हकले नगरलाई नमुना बनाऔँ अभिनयानमा चलेको र नगर प्रमुख, आलमलाई उच्च भविष्य उज्ज्वल गर्न हुसला सहित धन्यवाद व्यक्त गरेका हुन् ।

 

उनले भने, “राजनीतिक षड्यन्त्र चल्दै जानेछ। हिम्मत र हौसलाका साथ तपाईँ काम गर्दै जाने विकास हुँदै जान्छ हामी सबै युवा लगायत साथ छौँ यो शिलान्यास कार्यक्रममा वडा अध्यक्ष, शेख, अनसारुल हकले आफ्नो मन्तव्य राख्नु भएको थियो। नगरपालिकाका सम्पूर्ण निर्णयहरू कामकाज सबैले ‌मिले देशै भरीमा, चिन्न हाम्रो नगरपालिका राम्रो नगरपालिका नमुना बनाऔँ अभिनयमा‌ लागेको नगर प्रमुख आलमले प्रतिबद्धता जनाएका छन्।”

 

अस्पताल भवन शैया १५ शिलान्यास कार्यक्रमको डाक्टर मोहम्मद, खुर्सैदले सञ्चालन सञ्चालन गर्नुभएको थियो। यस कार्यक्रमका अध्यक्षता नगर प्रमुख आलम रहेको र विषअषिठी उप-प्रमुख, जमिला असगरी र प्रशासकीय अधिकृत बैजु ठाकुर, वडा अध्यक्ष र स्थानीय युवा समाजसेवी बुद्धिजीवी लगायतको उपस्थितिमा भव्यताका साथ अस्पताल भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार