हुलाकी राजमार्गले पायो ६ अर्ब ७ करोड बजेट

 

विजयनगर

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा हुलाकी राजमार्ग निर्माणका लागि छ अर्ब ७ करोड रूपैयाँ बजेट छुट्याएको छ।आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट छुट्याइएको घोषणा गरेका हुन्।

चालु आवमा सरकारले यो राजमार्ग निर्माणका लागि ६ अर्ब ३९ करोड विनियोजन गरेको छ।

सडक सञ्जाल विस्तार गरी आवागमन सहज बनाउने लक्ष्य सरकारले लिएको छ। आगामी आर्थिक वर्ष सरकारले ८ सय किलोमिटर सडक विस्तार गर्नेछ। त्यस्तै, २५७ किलोमिटर सडक स्तरोन्नती गर्ने सरकारको लक्ष्य छ।

प्रतिक्रिया

सम्बन्धित समाचार