
ओप्पोले तीनओटा ५० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन ल्याउने तयारी गरेकाे छ ।
कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ओप्पो फाइन्ड एक्स सिक्स प्रो को ट्रिपल मुख्य क्यामेरा सेटका तीन ओटै क्यामेरा ५० मेगापिक्सेलको बनाउने तयारी गरेको हो ।
बाहिरिएको जानकारी अनुसार कम्पनीले यो पटक सोनी आईएमएक्स ९८९ नभई सोनीकै आईएमएक्स८९० सार्वजनिक सेन्सर मोबाइलमा राख्न लागेको छ । यो बाहेक फोनमा स्न्यापड्रागन ८ जेन २ प्रोसेसर प्रयोग हुनेछ ।
फोनमा १२० हर्जको ६.७ इन्चको डिस्प्ले उपलब्ध हुनेछ । १२ जीबी र्याम भएको यो फोन २५६ र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । फोनमा ८० वाटको फास्ट चार्जिङ सहितको ५,००० एमएएचको ब्याट्री उपलब्ध हुने जनाइएकाे छ । टेकपाना
प्रतिक्रिया