नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण पुस ७ गते हुने (सूचना)

काठमाडौंः प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम पुस ७ गते बिहीबार हुने भएको छ ।

 

संघीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै नवनिर्वाचित सदस्यहरूलाई प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउनुहुने कार्यक्रम तय भएको हो ।

 

संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जारी गर्नुभएको सूचनामा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकतासहित राष्ट्रिय पोसाकमा पुस ७ गते बिहीबार दिनको १ः०० बजे उपस्थित हुन सांसदहरूलाई आग्रह गरिएको जनाउनुभयो ।

 

मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी तीन दिन अगावै संघीय संसद् सचिवालयमा उपलब्ध गराउन पनि सूचनामा भनिएको छ ।

 

शपथ ग्रहण पश्चात् मात्र सांसदहरुले समितिको बैठकमा भाग लिन पाउनेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार