मुग्लिन:-सिमलतालमा माइक्रो दुर्घटना, ६ यात्रु घाइते

नारायणगढ:-

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर–२९ सिमलतालमा माइक्रो दुर्घटना हुदाँ ६ जना घाइतेभएका छन् । आज बिहान करिब ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रो आफै अनियन्त्रित भएर पल्टिएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्याय चितवनका अनुसार माइक्रोमा सवार १७ जना मध्ये ६ जना घाइते भएका हुन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

 

घाइते हुनेहरुमा माइक्रो चालक रत्ननगर–१४ का ४१ वर्षीय भिम श्रेष्ठ, माडी–१ का ३१ वर्षीय सोविन्द्र महतो, भरतपुर–२ की ७९ वर्षीय सिता कुमारी सुनार, भरतपुर–१६ का २९ वर्षीय रोसन भुजेल, भरतपुर–२९ की ३१ वर्षीय पुजा श्रेष्ठ र भरतपुर–११ की ४१ वर्षीय तिरु सुनार रहेको प्रवक्ता पण्डितले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार