धनुषा :- विंङ्गरले मोटरसाइकलमा ठक्कर दिँदा एक युवकको मृत्यु !

धनुषा :

विंङ्गरले मोटरसाइकलमा ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । अर्का युवक गम्भीर घाइते भएका छन् ।

धनुषाको बिरेन्द्रबजार महिनाथपुर सडकखण्डमा सवैला नगरपालिका १० सिमरारी र शहिदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ज.८४४० नम्बरको विंङ्गरले ज.११ प.५४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बुधबार सांझ करिब ७ बजे भएको सो दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृतक र घाइतेको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोस्टमार्टम र घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको खरिहानी प्रहरीचौकीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार