आईतबार देखि बेपत्ता तारा एयरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो।

 

जितेश मण्डल जेष्ठ १६
मुस्ताङ: आईतबार देखि बेपत्ता तारा ऐयरको विमान दुर्घनाग्रस्त अवस्थामा मुस्ताङको स्थानीय वासिन्दाले सोमबार बिहान फेला पारेका हुन् ।

मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को शनिश्चरे भन्ने स्थानमा विमान दुर्घटना भएको नेपाली सेनाले पुष्टि गरेको छ ।

सुरक्षाकर्मीहरूको टोली घटनास्थलतर्फ गईरहेका छन् । आइतबार बिहान पोखराबाट जोमसोमतर्फ गएको विमान उडेका केही मिनेटपछि सम्पर्क विहिन भएको थियो ।

आइतबार दिनभर खोजी गर्दा पनि विमान फेला परेको थिएन । सोमबार पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हिमालय उद्धारकर्ताहरूको टोली विमान खोजीमा परिचालन गरिएको थियो ।

विमानमा १३ जना नेपाली, ६ जान विदेशी नागरिक यात्रु थिए भने ३ जना चालक दलसहित २२ जना रहेका थिए । विमानको क्याप्टेन प्रभाकर घिमिरे हुनुहुन्थ्यो भने को–पाइलट उत्सव पोखरेल र परिचारिका किस्मी थापा थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार