चीनमा कोभिड बढेपछि भारतमा सार्वजनिक स्थानमा मास्क लगाउन आह्वान

एजेन्सी:-

भारतका स्वास्थ्य मन्त्रीले सार्वजनिक स्थानमा मास्क लगाउने सहित कोभिड–उपयुक्त व्यवहारमा फर्किन आह्वान गरेका छन् ।

 

शीर्ष स्वास्थ्य अधिकारीहरूले पनि मानिसहरूलाई खोप लगाउन र बुस्टर डोज लिन आग्रह गरेका छन् । संक्रमणको स्तरमा कमी आएपछि भारतले यस वर्षको सुरुमा मास्क लगाउने नियमहरू खुकुलो पारेको थियो ।

 

तर छिमेकी चीनमा मामिलाहरूको वृद्धिले देशलाई सतर्कतामा राखेको छ । पछिल्ला केही महिनाहरूमा भारतले बीएफ ७  का कारण चार वटा कोभिड–१९ मामिलाहरू रिपोर्ट गरेको छ । गुजरात राज्यमा तीन र ओडिसामा एक जनामा संक्रमण दखिएको र हाल उनीहरू निको भइसकेका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

 

पछिल्लो समयमा चीनमा कोभिड संक्रमण बढ्दो छ । यसै महिनाको सुरुमा सरकारले शून्य कोभिड नीति हटाएको थियो । -एजेन्सी

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार