
जनकपुर :-
जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने या नहुने भन्ने विषय पार्टीको प्राथमिकतामा नपरेको बताएको छ ।
सरकार गठनबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारमा जानुपर्ने बाध्यात्मक वा परिस्थितीजन्य अबस्थामा बाहेक कुनै पनि राजनीतिक समीकरण बनाउने वा भत्काउने खेलमा पार्टी नलाग्ने बताएका छन ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि पार्टीको यो धारणा सार्वजनिक गरिएको हो । जनताले दिएको म्याण्डेट अनुसारको भूमिकामा रहेर पार्टी अगाडि बढ्ने जसपाको दाबी छ ।
प्रतिक्रिया