भेरी नदीमा एक पुरुषको शव फेला

 

नविन पिएम

जनकपुर। सल्यानमा भेरी नदीमा एक पुरुषको शव भेटिएको छ । शुक्रबार बेलुकी करिब ५ बजेको समयमा जिल्लाको पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं. २ कालाभिर,कुनिंगा नजिकै भेरी नदीमा तैरिरहेको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

अन्दाजी २०÷२१ वर्षीय पुरुषलाई जाजरकोटतिरबाट नै बगाएर ल्याएको हुन सक्ने, र भेरी नदिमा तैरिरहेको अवस्थामा भेटिएको शवको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठले बताउनु भयो ।

 

भेरी नदिमा तैरिरहेको पुरुषको शव निकालेर अहिले ईलाका प्रहरी कार्यालय सल्लीबजारमा राखिएको र सनाखतको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । कहि कतै कोही हराएको छ कि भनेर जाजरकोट, रुकुम तथा सल्यान सिमानामा प्रहरीसँग समन्वय भइरहेको छ । प्रहरीले मुचुल्का उठाएपछि शबलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार