
जनकपुर : जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीले आफनी छोरीको जन्मदिनको अवसरमा यहाँको एक सरकारी विद्यालयका विद्यार्थीहरुलाइ स्वीटर वितरण गरेका छन् । प्रतिष्ठानका अध्यक्ष केसीकी जेठी छोरी सिन्जना केसी पुस ९ गते शनिवार आज ११ वर्ष पुरा भइ १२ वर्षमा प्रवेश गरेको अवसरमा भेरी नगरपालिका वडा नम्वर ३ स्याला स्थित नरज्योति प्राथमिक विद्यालयका २७ जना विद्यार्थीहरुलाइ शुक्रवार स्वीटर वितरण गरिएको हो ।
सिन्जनाको जन्मदिनको अवसर पारेर स्थानीय राधा माधव समिति जाजरकोटको सहजीकरणमा नरज्योति प्राथमिक विद्यालयका २७ जना अति विपन्न विद्यार्थीहरुलाइ प्रतिष्ठानका अध्यक्ष केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ खनाल, प्रधानाध्यापक धिरा शाह, राधा माधव समिति जाजरकोटका प्रमुख ओमप्रकाश राठौर र जन्मदिन परेकी सिन्जना केसीले स्वीटर वितरण गरेको राधा माधव समितिका सदस्य कर्णवहादुर केसीले वताए । सिन्जनाकै जन्मदिनको दिन जगतगुरुत्तम दिवस समेत परेकोले अति विपन्न वालवालिकाहरुलाइ स्वीटर वितरण गर्ने कार्यक्रममा आफुहरुले सहजीकरण गरेको सदस्य केसीले वताए ।
स्वीटर वितरण कार्यक्रमाम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विस्वनाथ खनालले सिन्जनाको जन्मदिनमा विद्यालयका अति विपन्न वालवालिकाहरुलाइ स्वीटर वितरण गर्नु असल कार्य भएको वताए । अन्यत्र फजुल खर्च गर्नु भन्दा दिनदुखीलाइ सहयोग गर्नु भनेको पुण्य र धर्म कमाउने काम हो , उनले भने । यस्तै प्रधानाध्यापक धिरा शाहले सिन्जनाको जन्म दिनमा आफनो विद्यालयका विद्यार्थीले स्वीटर पाएर जाडोको समयमा ठुलो राहत मिलेको वताइन् ।
राधा माधव समिति जाजरकोटका प्रमुख ओमप्रकाश राठौरले सिन्जनाको जन्मदिनको अवसरमा कल्याणपुरका विपन्न विद्यार्थीलाइ स्वीटर वितरण गर्न पाउदा सारै खुसी लागेको वताए । सिन्जनाका वुवा जनक केसी र वाजे जयवहादुर केसीको जन्म गाँउ स्यालाको उक्त विद्यालयका अति विपन्न विद्यार्थीहरुलाइ जाडोको समयमा विद्यालयमा पढ्न जादा न्यानो होस भन्ने हेतुले उक्त स्वीटरहरु वितरण गरिएको सिन्जनाकी आमा साधना केसीले वताइन । सिन्जना त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्छिन् ।
सिन्जनाको जन्म दिनको अवसरमा प्रत्यक वर्ष अनाथ, वेसाहारा तथा अति विपन्न वालवालिकाहरुलाइ स्वीटर लगाएतका पढाइ सहयोग सामाग्रीहरु वितरण गर्ने गरिएको उनका वुवा जनक केसीले वताए । उनले सिन्जनाको जन्म दिनको अवसरमा गत चार वर्ष देखि विपन्न तथा वेसाहारा विद्यार्थीहरलाइ विभिन्न सहयोग सामाग्रीहरु वितरण गरिदै आएको वताए । सिन्जनाको मन भित्र मानव कल्याण र दिनदुखीहरुको लागि सेवा गर्ने भावना जगाउन आफुले यस प्रकारको सहयोगको कार्यक्रम उनकै जन्मदिनमा गर्ने गरेको केसीले वताए ।
प्रतिक्रिया