नेपाल टी–२० लिगः लुम्बिनीद्वारा फार वेष्टलाई १५३ रनको लक्ष्य

जनकपुर:  शनिबार सुरु भएको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार्सले फार वेष्ट युनाइटेडलाई १५३ रनको लक्ष्य पेस गरेको छ ।

 

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५२ रन बनाएपछि फार वेष्टले मध्यम लक्ष्य पाएको हो ।

 

लुम्बिनीका लागि ओपनर लाहिरु मिलान्थाले ६०, कप्तान दीपेन्द्रसिंह ऐरीले ३५, गुल्सन झाले २५ र विपुल शर्माले १२ रन बनाए । बलिङतर्फ फार वेष्टका कप्तान करण केसी र उमाइर अलीले समान ३–३ विकेट लिए ।

 

यसअघि भएको पहिलो खेलमा काठमाडौं नाइट्सले पोखरा इभेन्जर्सलाई २६ रनले पराजित गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार