नयाँ प्रधानमन्त्रीको शपथ भोलि

जनकपुर:  नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ ।

 

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ ।

 

अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेसँगै प्रधानमन्त्रिमा नियुक्त भएका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार