नाई सहयोग संस्था नेपाल धनुषाद्वारा पीडित परिवारलाई सामग्रीहरु वितरण ! Khoj Talash Khabar

जनकपुर :२०७९ पुष ११, सोमबार

“नाई सहयोग संस्था नेपाल केन्द्रिय कार्यालय ढल्केवार” धनुषाद्वारा सप्तरीको राजबिराज नगरपालिका वडा नं १० विरौल निवासी र बिष्णुपुर गाउँपालिका वडा नं १ पीडित घर परिवारहरुलाई जाडोको मौसमलाई मध्यनजर र आर्थिक अवस्था नाजुक रहेको स्वर्गीय परिवारलाई नाईं सहयोग संस्था नेपाल दल्केवर ,धनुषाले अति आवश्यक सामाग्रीहरु स्वर्गीय गरिब परिवारहरुलाई वितरण गरेका हुन।

 

सप्तरीको राजविराज वडा नं १० का

बिरौला निवासी स्वर्गीय मनोज कुमार ठाकुरको श्रीमती रन्जु देवी ठाकुर एक्ल महिलालाई ५० के.जि आलु ,५० के.जि प्याज,२० के.जि कोवि,एक थान साडी काजकालाई

चाहिने आवश्यक सामाग्रीसँगै नगदसहित रु.६२५५ सहयोग गर्नुभएको नाइँ सहयोग संस्था ,नेपालले बताए ।

 

भने ,बिष्णुपुर गाउँपालिका वडा नं १ का पीडित परिवार सुरेन्द्र प्रसाद ठाकुरको श्रीमती पवन देवी ठाकुर

पीडित महिलालाई पनि चामल २५ के.जि ,दाल ४ के.जि ,नुन २ पोक्का,

खाने तेल १ लिटर ,साबुन,छोराछोरीलाई लुगा कपडा, पीडित ठाकुरलाई स्वाइटर ,कम्बल लगायतका अति आवश्यक सामाग्रीसाथै ५ हजार ५ सय ९५ रुपैया प्रदान गरिएको पीडित महिला पवन देवी ठकुरी बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार