आँबुखैरेनी अस्पतालमा संचालित निःशुल्क आँखा शिविरमा १ सय ५१ जनाको मोतिया बिन्दुको शल्यक्रिया

जनकपुर:  तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३, स्थित आँबुखैरेनी अस्पतालमा संचालित निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया सहितको आँखा शिविरमा ९ सय ५९ जनाले आँखाको परिक्षण गराएका छन् ।

आँबुखैरेनी गाउँपालिका, नेत्रहीन संघ पुनस्थापन कार्यक्रम गोरखा÷तनहुँ, भरतपुर आँखा अस्पतालले संयुक्त रुपमा आयोजना गरेको सो शिविरमा शुक्रबार र शनिबार गरी ९ सय ५९ जनाले आँखाको परिक्षण गराएका हुन् । जसमध्ये १ सय ५१ जनाको आँखाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ, भने ५ सय ३ जनालाई औषधी र १ सय ६४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको भरतपुर आँखा अस्पतालका फिल्ड अफिसर प्रेम महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार