नाई सहयोग संस्था नेपाल धनुषाद्वारा पीडित परिवारलाई अति आवश्यक सामग्रीहरु वितरण ॥

 

रानि पाल १२लाहन ,

जनकपुर:  आज नाई सहयोग संस्था नेपाल केन्द्रिय कार्यालय धनुषाद्वारा जाडोको मौसमलाई मध्यनजर गर्दै गरिब परिवार लाई अति आवश्यक सामग्रीहरु वितरण गरिएका छन् ।

सप्तरीको राजबिराज नगरपालिका वडा नं १० विरौल निवासी स्वर्गीय मनोज कुमार ठाकुरको श्रीमती रन्जु देवी ठाकुर एक्ल महिलालाई ५० के.जि आलु ,५० के.जि प्याज,२० के.जि कोवि,एक थान साडी साथै थप आवश्यकता का लागि नगदसहित रु.६२५५ सहयोग गरेका ” नाइँ सहयोग संस्था नेपालले ” बताएका छन् ।

त्यसैगरी बिष्णुपुर गाउँपालिका वडा नं १ का पीडित परिवार सुरेन्द्र प्रसाद ठाकुरको श्रीमती पवन देवी ठाकुर पीडित महिलालाई पनि चामल २५ के.जि ,दाल ४ के.जि ,नुन २ पोक्का,

खाने तेल १ लिटर ,साबुन,छोराछोरीलाई लुगा कपडा, पीडित ठाकुरलाई स्वाइटर ,कम्बल लगायतका अति आवश्यक सामाग्रीसाथै ५ हजार ५ सय ९५ रुपैया प्रदान गरिएको पीडित महिला पवन देवी ठकुरी बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार