ज्येष्ठ नागारिक लाई दोसल्ला ओढाएर सम्मान।

 

दिपक संगम विश्वकर्मा

जनकपुर:  कैलाली को जानकी गाउँपालिकामा राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ। जानकी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय दुर्गौली द्वारा आयोजित कार्यक्रममा ज्येष्ठ नागारिक लाई दोसल्ला ओढाएर सम्मान गरिएको छ। उक्त कार्यक्रमको प्रमख अथितिमा जानकी गाउँपालिकाका अध्यक्ष गढेश चाैधरि उद्घाटन गर्दै पालिकाबाट ज्येष्ठ नागरिकले पाउने सेवा सुरक्षा तथा उनिहरूले परिवारबाट पाउने माया ममता सद्भाव कायम राख्नु पर्ने बताएका छन। देश परिवर्तन भएतापनि समाज परिर्वतनहुन नसकेको उल्लेख गर्दै ज्येष्ठ नागरिक प्रति गरिने दुरव्यवहार विरुद्ध‍‍ सवै जनाले आवज उठाउन र ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउन सवैमा अनुराेध गर्नुभएकाे छ । खाना पाउने अधिकारी, वस्न पाउने अधिकार रहेको अध्यक्ष चाैधरिले बताएका छन।

यस्तै विशिष्ट अथितिमा पालिका उपाध्यक्ष लालमति देवि कठरिया हरेक नागरिकले राज्यबाट पाउने हक अधिकार रहेको साथै सम्पुर्ण क्षेत्रबाट जेष्ठनागरिकलाई समान व्यवहार गर्नु पर्ने बताएकि छन्। उक्त कार्यक्रमको स्वागत मन्तब्य महिला शाखा प्रमुख प्रमिला शर्माले गरेकि थिन। उक्त जेष्ठ नाकगरिक सम्मान कार्यक्रममा वडा नं:१ देखि ९ सम्मा नागरिकलाई सम्मान गरिएको छ। उक्त सम्मान कार्यक्रममा जम्मा १०८ जना जेष्ठ नागरिक लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

समाजिक शाखा तथा वार्ड न ७ का वडाअध्यक्ष कमल महतोले जेष्ठ नागरिकहरुलाई माया, प्रेम, सदभाव साट्न तथा घरपरिवारले हेर्ने दृष्टिकाेण र गर्ने व्यवहारका बारेमा सबैले बुझ्नु पर्ने बताएका छन्।

उक्त कार्यक्रममा पालिकाका विभिन्न वडाका वडा अध्यक्ष कर्मचारी लगायत जेष्ठ नागरिकहरुकाे उपस्थिति रहेकाे थियाे । उक्त कार्यक्रमको सञ्चालन अनिल चौधरी कर्मचारी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार