जनकपुर २०७९ पुष ११, सोमबार
डा. सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रचण्ड नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् ।
सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष सीके राउतले सत्ता गठबन्धनमा आफ्नो पार्टी भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको र अब्दुल खान मन्त्री हुने बताए ।
अध्यक्ष राउतले भने, ‘हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ । जसमा उपाध्यक्ष अब्दुल खान जानु हुनेछ ।’ अब्दुल खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुन् ।
राष्ट्रिय दलको मान्यता पाएको जनमत पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ सिटमा जितेको छ ।
प्रतिक्रिया