जनकपुर आउँदै गरेको रेलले किचेर एक जनाको मृत्यु!

धनुषा:  भारतको जयनगरबाट जनकपुर आउँदै गरेको रेलबाट किचिएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

मृत्यु हुनेमा नगराइन नगरपालिका,राघोपुरका पुरन दास रहेका छन्।

 

जयनगरबाट जनकपुरको लागि छुटेको रेल विदेह नगरपालिका-९ स्थित वैदेही स्टेसनमा चढ्ने क्रममा दासको मृत्यु भएको हो।

रेल चढ्ने क्रममा दासको खुट्टा अड्किएपछि सोही रेलले किचिएको प्रहरीले जनाएको छ।

 

वैदेही स्टेशनबाट हिंडिसकेको रेलमा  चढ्ने क्रममा यो घटना भएको रेल्वे महाप्रबन्धक निरञ्जन झाले बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार