जनकपुरधाममा उपेन्द्रको उपस्थितिमा जसपाको समीक्षा बैठक सुरु

जनकपुर:   जनता समाजवादी पार्टीको चुनावी समीक्षा बैठक जनकपुरधाममा सुरु भएको छ।

 

पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा पार्टीको चुनावी समीक्षा बैठक सुरु भएको हो। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेसँग तालमेल गरेर चुनाव लडेको जसपाले विभिन्न स्थानमा पराजितको सामना गरेको थियाे।

 

सोही विषयमा जसपाको प्रदेश पार्टी कार्यालयमा छलफल सुरु भएको हो। दुई दिन सम्म चल्ने बैठकको दोस्रो दिन मधेस प्रदेशको संसदीय दलको नेतासमेत चयन हुनेछ। बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष यादवसँगै मधेस सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, कृषिमन्त्री विजय यादव, सुरेश यादव, योगेन्द्रराय यादव, जितेन्द्र यादव लगायतका नेताहरु उपस्थित छन्।

 

संसदीय दलका लागि मधेस सरकारका वर्तमान मुख्यमन्त्री लालबाबु राउत र पहिलो कार्यकालमा सभामुख रहेका सरोज यादव आकांक्षी छन्।

 

यादवले आफू पहिलो कार्यकालमा देशमै उत्कृष्ट सभामुखको रूपमा काम गरेको र प्रदेशको नाम र राजधानी तोक्न सरकार असफल भएपछि पहल गरेर स्थायी राजधानी र नामाकरण गराउन सफल भएको दावी गर्दै आएका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार