सरोज कुमार पासमान, कर्जन्हा
जनकपुर: सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा आफ्नै देवरले भाउजुलाई निर्घात कुटपीट गरेपछि एक जना महिलाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा मिर्चैया नगरपालिका वडा नं. ३ वलुवा टोलको रामनारायण यादवको श्रीमती ३७ वर्षीय मन्टुट देवी यादव रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले जानकारी दिए । बुधबार घरायसी विवादले झैझगडा भयो र घर भन्दा करिब ५ सय मिटरको दुरीमा मृतककै देवर रामदेव यादवले कुटपिट गरेपछि टाउकोमा गम्भीर चोट लाग्दा घट्ना स्थलमै मृत्यू भएको जानकारी प्राप्त भएको छ । लासलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिरहा पठाइएको र यस घट्ना वारे थप अनुसंधान भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले रेडियो गंगाजललाई जानकारी दिए ।
यसै घट्ना सम्बन्धमा स्थानीयहरु संग बुझ्दा मृतकको देवर लगायत उनको परिवारमा रहेको तिन चार जनाको समुहले कुटपिट गरेपछि घट्ना स्थलमै बेहोस भएको र चेकजाँचका लागि मिर्चैया ल्यादा चिकित्सकले मृत घोसित गरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया