जाडोको मुख्य पकवानकाे रूपमा बगिया ।

 

विनोद मण्डल पुस १४ सिराहा

जनकपुर:   तराई मधेशका जिल्लाहरुमा खासगरी जाडो बढेसँगै बगिया खाने चलन रहिआएको पाईन्छ ।

 

चामलको पिठो मुछेर खास परिकार बनाई उक्त परिकार भित्र दाल , आलु लगायतका खाद्य पदार्थ राखी उम्लिदै गरेको पानीमा राखेर पानी सहित बाफबाट तयार गरिने खाध्य वस्तुलाई तराई मधेसमा बगिया भनिन्छ ।

 

पुसमा बगियालाई मधेसमा विशेष परिकारको रूपमा मानिन्छ । खासगरी आफ्नो अाफ्नो सन्तानलाई पुसमा बगियाकाे बाफ र पानीले गाला सेक्ने चलन समेत रहेको देखिन्छ ।

 

ठाउँनुशार बगीयालाई विभिन्न नामले समेत चिनिने गरेको छ । मोरङ जिल्लामा यसलाई भक्का पनि भन्ने गरेको पाइन्छ ।

बगिया विशेष परिकार भएकोले बेलुका तिर आफन्त र अन्यलाई बोलाएर एक साथ बसेर खाने चलन रहेको पाइन्छ ।

बगियामा आलु कोबिको तरकारी पकाएर खाने चलन रहेको सामाजिक परम्परा अनुसार वर्षको सबै मौषममा यो परिकार नपकाएर जाडो मौसममा मात्र पकाइन्छ र खाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार