विनोद मण्डल
धनुषा प्रहरीले फरार व्यक्तिहरूलाई पक्राऊ गरेकाे छ ।
सम्मानित धनुषा जिल्ला अदालतबाट फैसला भई कैद र जरीबाना तोकिएका विभिन्न मुद्दाका प्रतिवादीहरूलाई खोजतलाशको क्रममा विभिन्न स्थानहरूबाट पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको छ ।
जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका ८ बजरंग चोक बस्ने अं. वर्ष ४२ को राज कुमार राउतलाई बिगो मुद्धामा सम्मानित धनुषा जिल्ला अदालतबाट १ (एक) वर्ष कैद तोकिएकोमा निज फरार प्रतिवादि राज कुमार राउतलाई ऐ. ८ रामानन्दचोक स्थित चिया पसलबाट नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको छ ।
जिल्ला धनुषा कमला न.पा. वडा नं. २ बस्ने अं. वर्ष ६५ को जिवछ यादवलाई कुटपिट मुद्दामा सम्मानित धनुषा जिल्ला अदालतबाट २ वर्ष कैद र १००० जरीवाना तोकिएकोमा निज फरार प्रतिवादि जिवछ यादवलाई ऐ. स्थित आफ्नै गाउँमा घुमफिर गरि रहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको छ ।
जिल्ला धनुषा नगराईन न.पा. वडा नं. ५ बस्ने अं. वर्ष ६० को खुशीलाल यादवलाई कुटपिट मुद्दामा सम्मानित धनुषा जिल्ला अदालतबाट २ वर्ष कैद तोकिएकोमा निज फरार प्रतिवादि खुशी लाल यादवलाई ऐ. स्थित आफ्नै गाउँमा घुमफिर गरि रहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया