हेल्प मधेशी मलेशिया संस्था द्वारा अपांग खातुन लाई आर्थिक सहयोग।

 

सर्लाही  जेष्ठ 19

सर्लाही  जिल्ला  को  हरपुर्वा नगरपालिका वडा नं-२ का १७ वर्षिय तैपसुन खातुन जाे केही महिना अगाडि छतबाट लडेर खस्दा मेरुदण्ड भाचिएको थियो।

घरको आर्थिक अवस्था अति नै कम्जोर भएका कारणले गर्दा उपचार गराउन निकै नै कठिनाई भैरहेका छन आर्थिक रुपले समस्या भएको जानकारी पाउँदा हेल्प मधेशी मलेशिया संस्था द्वारा न्यानो माया सानाे सहयोग स्वरुप रु.१५,०००/ अक्षरेपी पन्द्र हजार आर्थिक सहयोग गरेको जानकारी हेल्प मधेशी मलेशिया का केन्द्रिय महासचिव विजय कुमार मण्डल ले जानकारी गराएका छन।

सेवा र सहयोग नै मानव धर्म हो मुलमन्त्र मान्दै ,सामाजिक उदेश्यहरु प्रती काम गरिदै, आई रहेका र देशमा अशाय निसाय,वा बिरामी जस्ता समस्या ग्रसित परिवारहरु लाई साथ सहयोग तथा आर्थिक सहयोग गरिदै आईरहेका छन,समाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो संस्था प्रमुख भुमिका निर्वाह गर्दै आएको छ।

पिडित परिवारले हेल्प मधेशी मलेशिया संस्था लाई हृदय बाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।

त्यतिमात्रै नभइ त्यहाँ का स्थानीय बासिन्दाहरुले हेल्प मधेशी संस्था धेरै नै सहयोगी संस्था हाे भन्दै गुनगान गर्दै थियोे ।

धेरै धेरै धन्यवाद दिन चाहन्छौं यहाँहरु लाई हेल्प मधेशी नेपाल का केन्द्रिय अध्यक्ष राम उदगार यादव,हेल्प मधेशी मलेशिया का पर्व महासचिव अमरेश कुमार यादव, जाेहर दलान का पुर्व अध्यक्ष बचनजी साह र स्थानीय समाजसेवी युवाहरु लाई यहाँहरु ले पिडितकाे परिवार काे घरमै पुगेर उहाँलाई सहयोग रकम हस्तान्तरण गर्दिनु भाे।

प्रतिक्रिया

सम्बन्धित समाचार